एमाले-माओवादी एकताबारे यस्तो आयो ओलीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

एमाले-माओवादी एकताबारे यस्तो आयो ओलीको निर्देशन

kp oli

काठमाडौं, २५ पुष । एमालेले पार्टी एकताका विषयमा सार्वजनिक रूपमा कुनै पनि अडान र सर्त राखेर एकीकरण प्रक्रियालाई जटिल नबनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । स्थायी समितिको सोमबारको बैठकले नीति, नेतृत्व र एकताका विषयमा निजी धारणा बाहिर ल्याएर एकीकरण प्रक्रियालाई असहज नबनाउन पार्टीपंक्तिलाई निर्देशित गरेको हो ।

अध्यक्ष केपी ओलीनिवास बालकोटमा बसेको बैठकले निकट भविष्यमै एकीकृत कम्युनिस्ट पार्टी निर्माण हुने कुराप्रति निश्चिन्त हुन पार्टीपंक्तिलाई आह्वान पनि गरेको छ । बैठकमा ओलीले आइतबार माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकतालाई गति दिने सम्बन्धमा भएको समझदारी र पछिल्लो विकसित राजनीतिक परिस्थितिका विषयमा ‘ब्रिफिङ’ गरेका थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);