राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिसंग सम्बन्धीत राय सुझाव | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिसंग सम्बन्धीत राय सुझाव

काठमाडौं, २३ जेठ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीतिको तयारी सुरु गरेको छ । १५ जेठमा सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गरेसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी सुरु गरेको हो ।

बैंकले मौद्रिक नीतिसंग सम्बन्धीत राय/सुझाव उपलब्ध गराउन आह्वान गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिसँग सम्बन्धित राय/सुझावहरु बैंकको आर्थिक अनुसन्धान विभागको ठेगानामा २०८० असार १० गते भित्र उपलब्ध गराउन बैकले सूचना जारी गरेको छ ।

ऐनको उदेश्य अनुसार बाह्य क्षेत्र, मूल्य र वित्तीय स्थायित्वमा असर नपुग्ने गरी बजेटमार्फत सरकारले लिएको नीति कार्यान्वयनमा सहयोगि हुने गरी राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्नुपर्ने हुन्छ । मौद्रिक नीति तर्जुमा कार्यविधिले मौद्रिक नीति सञ्चालक समितिबाट वार्षिक मौद्रिक नीति आर्थिक वर्ष सुरु भएको पहिलो हप्ताभित्र सार्वजनिक गर्ने उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);