आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्ने मौद्रिक नीति आउँछः गभर्नर | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्ने मौद्रिक नीति आउँछः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो। उहाँले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिलाई परिपूर्ति गर्नेगरी आउने बताउनु भयो ।

उहाँले आगामी आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति आगामी साउनको १५ गतेभित्रै जारी गर्ने तयारी रहेको बताउनु भयो । उहाँले मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रको आवश्यकता, मौद्रिक बिस्तार र निजी क्षेत्रमा जानुपर्ने कर्जाका विषयलाई ख्याल गरेर तय गर्ने बताउनु भयो। उहाँले मौद्रिक नीतिको लागि राय सुझावहरु लिन शुरु गरिएको बताउनु भयो। उहाँले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटको प्रशंसा गर्नुभयो । उहाँले सरकारले राम्रो बजेट ल्याएको भन्दै त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा सहयोग गर्नेगरी मौद्रिक नीति ल्याउने प्रतिवद्धता जनाउनु भयो।

गभर्नर अधिकारीले यो वर्ष राजश्वमा परेको दबाब न्युनिकरण गर्न धेरै काम भएको बताउनु भयो। उहाँले सरकारले ल्याएको बजेटले अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्ने लक्ष्य राखेको बताउनु भयो। उहाँले बजटले भने जस्तो मूल्यवृद्धि साढे ६ प्रतिशतमा सिमित राख्ने लक्ष्य भने पूरा हुने समस्या रहेको बताउनु भयो ।

 

Leave a Reply