काठमाडौं, २१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १७ गते प्रमाणिकरण गरेका विवादास्पद नागरिकता विधेयकमाथि परेको रिटको आज प्रारम्भिक सुनुवाई हुँदैछ ।
गत शुक्रबार अधिवक्ता द्धय डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
अघिल्लो संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणिकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेश आदेशबाट बदर गर्न रिटमा भण्डारी र न्यौपानेले माग गरेका छन् ।