मुगु । रारा ट्रेल रनको उपाधि जुम्लाका शेरबहादुर अधिकारीले हात पारेका छन् ।
रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री बक्स गुल्म र छायाँनाथ रारा नगरपालिकाले संयुक्त आयोजना गरेको तेस्रो रारा ट्रेल रनको उपाधी जुम्लाको हिमा गाउपालिका— ६ का अधिकारीले रारा ताल वरिपरी १६ किलो मिटर दौड ५९ मिनेट २० सेकेन्डमा पार गरी प्रथम उपाधी हासिल गरेका हुन् ।
उक्त प्रतियोगितामा २ सय २२ जना खेलाडी सहभागी रहेका थिए । प्रतियोगितामा जुम्ला कनकासुन्दरी गाउपालिका—३ का शेरबहादुर बुढाले १ घण्टा १२ सेकेन्डमा पार गरी दोस्रो र तेस्रो उपाधी जुम्लाकै पातारासी गाउँपालिका —५ का दिपेन्द्र बोहोराले हात पारेका छन् ।
बोहोराले १ घण्टा १ मिनेट २१ सेकेन्डमा पार गरे । त्यसैगरी महिलातर्फ जुम्लाको गुठिचौर गाउँपालिका— ३ की राज्यलक्ष्मी रावलले पहिलो उपाधी हात पारेको श्री बक्स गुल्म हुटु राराका गुल्मपति डोलराज श्रेष्ठले जानकारी दिए ।
१६ किलो मिटर रावलले १ घण्टा १३ मिनेट ५२ सेकेन्डमा उनले पार गरेकी थिइन् । यस्तै दोश्रो स्थानमा जुम्लाकै तिला गाउँपालिक—९ की अनिता बुढा रहेकी छन् । उनले १ घण्टा १४ मिनेट २१ सेकेन्डमा लगाइन तेश्रो स्थानमा जुम्लाकै पातारासी गाउँपालिका— २ की समिता बुढाले १ घण्टा १६ मिनेट ३७ सेकेन्डमा पार गरेकी थिइन् ।
बिजेता खेलाडीहरुलाई प्रथम, दोस्रो र तेस्रोलाई क्रमश ४० हजार ३० हजार २० हजार रुपैयाँ रकम पुरस्कार तथा प्रमाणप्रत्र प्रदान गरिएको थियो ।