काठमाडौं, १९ जेठ । अमेरिकाका राष्ट्रपति जो बाइडेन भुइँमा लडेका छन् । बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहमा मन्तव्य राखेपछि सिटतर्फ फर्कदै गर्दा उनी भुइँमा पछारिएका हुन् ।
भुइँमा पछारिएको बाइडेनको भिडियो विश्वभर भाइरल भइरहेको छ । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाउँदै फर्कदै थिए ।
सोही क्रममा लडेका हुन् । वायुसेनाका अधिकारीहरूको सहयोगमा उनी उठे । भिडियोमा उनलाई उठ्न अलि अप्ठ्यारो परेको देख्न सकिन्छ । ह्वाइट हाउसको अनुसार राष्ट्रपतिलाई चोट भने लागेको छैन् ।
ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गरेका हुन् ।