स्थानीय तहको निर्वाचनका लागि केही प्रतिकुलताःमन्त्री निधी | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

स्थानीय तहको निर्वाचनका लागि केही प्रतिकुलताःमन्त्री निधी

क्षेत्रनाथ देबकोटा ४ बैशाख,बाँके । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि केही प्रतिकुलता रहेको बताउनुभएको छ । प्रतिकुलताका बावजुद निर्वाचन सफल हुने बताउनुभयो । मध्यपश्चिम क्षेत्रीय सुरक्षा सम्मेलनलाई आज (सोमबार) नेपालगञ्जमा सम्बोधन गर्दै गृहमन्त्री

स्थानीय तहको निर्वाचनका लागि केही प्रतिकुलताःमन्त्री निधी

स्थानीय तहको निर्वाचनका लागि केही प्रतिकुलताःमन्त्री निधी क्षेत्रनाथ देबकोटा ४ बैशाख,बाँके । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि केही प्रतिकुलता रहेको बताउनुभएको छ । प्रतिकुलताका बावजुद निर्वाचन सफल हुने बताउनुभयो । मध्यपश्चिम क्षेत्रीय सुरक्षा सम्मेलनलाई आज (सोमबार) नेपालगञ्जमा सम्बोधन गर्दै गृहमन्त्री निधीले बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि केही असन्तुष्टि, असहमती र प्रतिकुलताको अवस्था रहेको बताउनुभयो ।

 

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको क्षेत्रीय सुरक्षा सम्मेलनमा सहभागी चारवटै सुरक्षा निकायका प्रमुख तथा मध्यपश्चिम विकास क्षेत्रका १५ जिल्लाका सुरक्षा प्रमुखलाई निर्देशन दिदै गृहमन्त्री निधीले निर्वाचन पुर्ब, निर्वाचनको अवधी र निर्वाचनपछि गरी तीनचरणको सुरक्षा रणनीति तयार पारिएको बताउनु भयो । गृहमन्त्री निधीले केन्द्रीय सुरक्षा निती र योजना बनाएर कार्यान्वयन गरिएको बताउँदै मतदाता, उम्मेद्धार, राजनीतिक दल, निर्वाचनमा खटिने कर्मचारी लगायत मतदानस्थल र बाहिरको सुरक्षाको जिम्मा सरकारको भएको बताउदै सुरक्षा निकाय सुरक्षाका लागि तयार रहेको बताउनुभयो ।

 

नेपाली, सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी चारवटै सुरक्षा निकायबीच समन्वयात्मक भूमिकामा परिचालन हुने बताउनु भयो । निर्वाचनमा नेपाली सेना परिचालनका लागि प्रक्रिया अवलम्बन गरिएको निधिले बताउनुभयो । राष्ट्रिय सुरक्षा परिषद हुँदै मन्त्रीपरिषदले गरेको निर्णयलाई राष्ट्रपतिले अनुमोदन गरेपछि सेना परिचालन हुने संवैधानिक व्यवस्था छ । गृहमन्त्री निधीले निर्वाचनका लागि संविधान नमान्ने, भूमिगत सशस्त्र समूह, सैन्य शक्तिमा सत्ता कव्जाको रणनीति बनाउने लगायतका शक्ति सुरक्षा चुनौतीका रुपमा रहेको बताउनुभयो । निर्वाचनका लागि साँझा र जिल्लागत चुनौतीमा छलफल भई त्यसकै आधारमा सुरक्षा रणनीति बनाइने भएको छ ।

 

कार्यक्रममा गृह सचिव लोकदर्शन रेग्मी, मध्यपश्चिम क्षेत्रीय प्रशासक बेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका बलाधिकृत रथी बलदेव महत, नेपाल प्रहरीका महानिरिक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरिक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी लगायतका सुरक्षा अधिकारीको सहभागिता रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);