चितवन, १८ जेठ । गर्मी बढेपछि चितवनको राप्ती नगरपालिकाले बिद्यालयमा केही दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पुर्ण शैक्षिक संस्थाहरुमा पाँच दिन बिदा दिने निर्णय गरेको हो ।
अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बदा दिने निर्णय गरेको छ । गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावना बढेपछि सामुदायिक र सस्थागत विद्यालयहरुमा जेठ १९ देखि २४ गतेसम्म बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
१९ गतेको लागि स्थानीय बिदाबाट कटौती हुनेगरी बिदा दिइएको र वर्षे बिदाबाट कट्टा हुनेगरी थप ४ दिन बिदा दिइएको राप्ती नगरपालिकाकि शिक्षा अधिकृत रविना देउजाले जानकारी दिईन । त्यस्तै गर्मी बढेपछि रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले पनि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको छ ।
सो नगरपालिकाले विहीबार एक सुचना जारी गर्दै पाँच दिन विद्यालय बन्द गरेको जनाएको छ ।