बिहे गर्न नमानेपछि प्रेमिकासहित काकाको हत्या | ईमाउण्टेन समाचार

Our Network

साउन १७ २०८१, बिहीबार

बिहे गर्न नमानेपछि प्रेमिकासहित काकाको हत्या

death

काठमाडौं, १८ जेठ । प्रेमिकाले विवाह प्रस्ताव अस्विकार गरेको भन्दै एक युवकले प्रेमिका र उनका काकाको हत्या गरेका छन् । प्रेमिकासँगको रिसको कारण कपिलवस्तुका मोहन थारुले काकाको समेत हत्या गरेका हुन् । आक्रोसित मोहनले प्रेमिकालाई चक्कु प्रहार गर्न खोज्दा काका बमबहादुर थारुले रोक्न गएका थिए ।

त्यसपछि मोहनले बमबहादुरमाथि चक्कु प्रहार गरे । बाणगंगा नगरपालिका–६ मटेरियाका १८ वर्षीया अञ्जली थारुलाई बिहीबार बिहान ९ बजे तिर रुपन्देहीको कञ्चन गाउँपालिका–२ का २२ वर्षीय मोहनले मटेरियास्थित घरमै चक्कु प्रहार गरेका थिए । बमबहादुरको जीतपुरस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

अन्जलीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैजनाको शरीरका विभिन्न ठाउँमा चक्कु प्रहार गरेर घाइते बनाइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);