बैजनाथ गाउँपालिकाद्वारा महिला उद्यमीलाई सिलाई मेसिन हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८१, शनिबार

बैजनाथ गाउँपालिकाद्वारा महिला उद्यमीलाई सिलाई मेसिन हस्तान्तरण

बाँके, १८ जेठ । बैजनाथ गाउँपालिकाले उद्यम बिकाश शाखा द्वारा गत आर्थिक बर्ष २०७८ र ०७९ मा बैजनाथ गाउँपालिका ३ नम्बर वडा बाट सिलाई कटाई सिकेका ८ जना महिला उद्यमीहरुलाई सिलाई मेसिन सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले मेसिनरी सामाग्री हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष प्रकाश बहादुर शाहीले स्थानीय सरकार बाट हस्तान्तरण गरीएको सिलाई मेसिन लिएका महिला उद्यमीहरुलाई मेसिनको सहि सदुपयोग गरे नगरेको स्थानीय सरकार बाट अनुगमन समेत गरिने बताउदै महिला उद्यमीहरुको प्रगति गराउन आत्मनिर्भर बनाउने उदेश्यका साथ स्थानीय सरकारले प्रदान गरेको सिलाई मेसिन सदुपयोग गर्न अनुरोध गर्दै स्थानीय सरकार सधैं उद्यमीहरुको साथमा भएको अध्यक्ष शाहीले प्रतिबद्धता गरेको फोकल पर्सन तप्तराज आचार्यले जानकारी दिए ।

उक्त मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय सामाजिक बिकाश समिति संयोजक भुमिसरा राना कृषि बिकाश शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा सुचना अधिकारी तथा कार्यक्रम फोकल पर्सन तप्तराज आचार्य उद्यम बिकाश शाखाका सबिता बि कले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);