काठमाडौं,१७ जेठ । सुनको सिक्री लुटपाट गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक धुलिखले नगरपालिका–१ देबिटार बस्ने ३० वर्षीय पोण्डे भन्ने विष्णु तामाङ मंगलबार पक्राउ परेका हुन् ।
काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित गेटवे मन्टेस्वरी स्कुल अगाडि बाटोमा पैदल हिँड्दै गरेकी एक महिलाले घाँटीमा लगाएको ४ तोलाको सुनको सिक्री मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनलाई काठमाडौं गोकणेश्वर नगरपालिका–५ जोरपाटीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाडौं पठाएको छ ।