बलिउडपछि रणवीर हलिउडतीर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८२, बिहीबार

बलिउडपछि रणवीर हलिउडतीर

एजेन्सी,१७ जेठ । बहुमुखी अभिनेता मानिने रणवीर सिंहले हिन्दी फिल्म उद्योगमा आफ्नो प्रतिभा प्रमाणित गरेका छन् । बलिउडमा आफ्नो छाप छोडेपछि रणवीर सिंह अहिले हलिउडतर्फ लागेका छन् । उनले विश्वव्यापी मनोरन्जन एजेन्सी विलियम मोरिस एन्डेभर (डब्ल्यूएमई) सँग हात मिलाएका छन्।

रिपोर्टका अनुसार, यो त्यही एजेन्सी हो जसले २०२१ मा उनको ’रकी और रानी की प्रेम कहानी’ को–स्टार आलिया भट्टलाई साइन गरेको थियो। यो एक विदेशी प्रतिभा कम्पनी हो जसले रोबर्ट प्याटिनसन,रिहाना,क्रिस्टन स्टीवर्ट जस्ता ठूला हलिउड स्टारहरूको व्यवस्थापन गर्दछ ।

रणवीर सिंहले सन् २०१० मा यशराज फिल्म्सको ब्यान्ड बाजा बारातबाट फिल्म उद्योगमा डेब्यू गरेका थिए। त्यसयता उनले ‘सिम्बा’, ‘बाजीराव मस्तानी’, ‘पद्मावती’ जस्ता धेरै हिट फिल्म गरिसकेका छन् । सन् २०२० मा फिल्म गली ब्वाई भारतबाट ओस्कारमा पठाइएको थियो । यस फिल्मको उनको र्याप गीत ‘अपना टाइम आएगा’ निकै चर्चित भएको थियो ।

यसबाहेक स्पोर्ट्स बायोपिक ’८३’ मा कपिल देवको भूमिकामा रणवीरको भूमिकाले निकै चर्चा पायो। यी हिट फिल्मको हिस्सा बनेपछि रणवीर अब करण जोहरको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा आलिया भट्टसँग रोमान्स गर्दै देखिनेछन् ।

रणवीर बलिउडमा सबैभन्दा खोजिने व्यक्तित्व मध्ये एक हुन्। भारत र विदेशमा पनि उनको राम्रो फ्यान फलोइङ छ । एक रिपोर्ट अनुसार, रणवीर २०२२ मा भारतको सबैभन्दा मूल्यवान सेलिब्रेटी थिए जसको ब्रान्ड मूल्य १८१ मिलियन थियो। रणवीरलाई धेरै अन्तर्राष्ट्रिय संस्थाको ब्रान्ड एम्बेसडर पनि बनाएको छ । साथै उनले धेरै शीर्ष उत्पादनहरू समर्थन गर्छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);