काठमाडौं, १५ जेठ । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक साँभm ६ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक साँझ ६ः१५ बजेबाट शुरु हुनेछ । आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व. २०८०/२०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटको प्रति टेबुल गर्नुहुने कार्यसूचि छ भने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आ।व। २०८०/२०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटको प्रति टेबुल
गर्नुहुने र विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले कोभिड १९ संकट व्यवस्थापन विधेयक, २०७८ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने कार्यसूचि रहेको छ ।
दुवै सदनको बैठक ६ बजेपछि बस्दै
ताजा समाचार
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
११ घन्टा अघि
भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगर
१ दिन अघि