काठमाडौं, २४ पुष । उपराष्ट्रपति नन्दबहादुर पुनले नागरिकको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले चिसोका कारण हुम्ला, जुम्ला र तराईका विभिन्न जिल्लामा नागरिकको ज्यान गएको भन्दै जीवन रक्षाका लागि पहल गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।
नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने दायित्व सरकारको भएको भन्दै उहाँले न्यानो कपडा र स्वास्थ्य उपचार नै नपाएर नागरिकको ज्यान जाने अवस्था आउन नदिन सरकार सचेत हुनुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा काठमाडांै महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता महानगर घोषणा गरिएको थियो ।