काठमाडौं, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा.मुकुल ढकालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भन्ने समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
त्यसबाट आफूहरुलाई मानहानी भएको भन्दै उनले अदालतमा मुद्दा दर्ता गर्ने बताएका छन् ।
असत्य कुरा लेखेर आफ्नो मान, प्रतिष्ठा र इज्जतलाई धमिल्याउन खोजेको दाबी गर्दै उनले लेखेका छन्‘यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौं ।’
सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले आरोप लगाइएको उक्त रकम क्षतिपुर्तिको माग दाबी गरी मुद्दा दर्ता गर्ने र अदालतले दिने क्षतिपुर्ति रास्कोट अस्पतालाई सहयोग गर्ने पनि स्पष्ट पारेका छन् ।
‘केहि सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डिपि अर्यालले ९म्ए ब्चथब०ि ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भिर ध्यानाकर्षण भएको छ । यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ । यसलाई कसैले पुष्टी गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौँ । यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दै छौँ । आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावि गरि मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ ।’–उनले लेखेका छन् ।