विद्युत् उत्पादन कम्पनी लिमिटेडद्वारा सीईओको लागि आवेदन खुल्ला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

विद्युत् उत्पादन कम्पनी लिमिटेडद्वारा सीईओको लागि आवेदन खुल्ला

काठमाडौं, ११ जेठ । विद्युत उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि विज्ञापन खूल्ला गरेको छ । सीईओ पदका लागि १५ दिन भित्र दरखास्त आह्वान गरिएको छ ।

यो कम्पनीको सीईओ बन्न इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ विषयमा स्नातकपछि जलविद्युत क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव सहित पूर्वाधार क्षेत्रमा कम्तीमा १२ वर्षको कार्य अनुभव हुनुपर्नेछ ।

कम्पनीको अध्यक्ष ऊर्जा मन्त्रालयका सचिव हुने व्यवस्था छ । इन्जिनियरिङ विषयमा स्नातक पछि जलविद्युत क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव कम्पनीले योग्यता निर्धारण छ ।

उम्मेदवार ४० वर्ष पूरा भएको र ६१ वर्ष ननाघेको पनि हुनुपर्नेछ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);