ओलीका स्वकियको नाम पोलिएपछि पोखरेलको टिप्पणी– सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटक | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

ओलीका स्वकियको नाम पोलिएपछि पोखरेलको टिप्पणी– सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटक

काठमाडौं, १० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव दुलालले केपी शर्मा ओलीको स्वकिय सचिवको नाम लिएपछि एमालेभित्र तरंग उत्पन्न भएको छ । महासचिव शंकर पोखरेलले सो प्रकरणमा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाएका छन् । उनले लेखेका छन्,‘सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुनेनै छ ।’

शरणार्थी प्रकरणका मुख्य योजनकार दुलालले मंगलबार प्रहरीलाई दिएको बयानमा ओलीको तत्कालिन स्वकिय सचिव राजेश वज्राचार्य र उनका सल्लाहकार अजयक्रान्ति शाक्यको नाम लिएका थिए । बयानको क्रममा तत्कालिन गृहमन्त्री रामबहादुर थापा र उनकी पत्नी नैनकला थापा, तत्कालिन गृहसचिव प्रेमकुमार राईको नाम पनि मुछिएको छ ।

‘काक्राचोरले काक्रा आफुले खाएर विया सोझा गाउले किसानको अनुहारमा टासिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान । सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुनेनै छ ।’–पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);