औद्योगिक राष्ट्रहरुले कार्बन उत्सर्जन गर्दा नेपालमा अनावृष्टि : योगेश भट्टराई | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

औद्योगिक राष्ट्रहरुले कार्बन उत्सर्जन गर्दा नेपालमा अनावृष्टि : योगेश भट्टराई

काठमाडौं, ९ जेठ । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले औद्योगिक राष्ट्रहरुले व्यापक मात्रामा कार्बन उत्सर्जन गर्दा त्यसको असर नेपालले भोग्नु परिरहेको बताउँदै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधि सभाको मंगलबारको बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य भट्टराईले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो – ‘हिजो मे २२ अन्तर्राष्ट्रिय जैविक विविधता दिवस । औद्योगिक राष्ट्रहरुबाट भएको व्यापक कार्बन उत्पादन, प्रकृति बिनाश, तिव्र गतिमा बढेको तापक्रमका कारणले प्रकृति र जिवजन्तु संकटमा पर्दै गइरहेका छन् । त्यसको सबैभन्दा बढी असर हिमालमा परेको छ । अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, प्राकृतिक प्रकोपले जलवायु परिवर्तनको पीडित राष्ट्र नेपाल हुन पुगेको छ । जलवायु परिवर्तन सम्बन्धी महासन्धी पेरिस कन्भेन्सनले नेपालजस्ता पीडित राष्ट्रले क्षतिपूर्ति पाउनुपर्ने व्यवस्था छ । क्षतिपूर्ति यो हाम्रो अधिकार हो । युएन क्लाइमेट चेन्ज कन्फेरेन्स अफ द पार्टी, कोप जस्ता मञ्चहरुमा प्रभावकारी उपस्थिति गर्न नेपालले पाउनुपर्ने क्षतिपूर्तिका लागि लबिङ गर्न, अन्तर्राष्ट्रियकरण गर्न, हाम्रा मुद्दाहरुलाई समग्रतामा क्लाइमेट जस्टिसका निम्ति लविङ गर्न र प्रभावकारी भुमिका खेल्न नेपालका तिनै तहका सरकारहरुको बिचमा, निजि क्षेत्र, समुदायको बिचमा कार्यगत समन्वय गरी काम गर्न र हिमालहरु जोगाउन सभामुखमार्फत् नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गर्दछु ।’

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);