भक्तपुर, २३ पुष । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भक्तपुरलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन नहुने सुझाव दिएका छन् ।
आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष विजुक्छेंले भक्तपुर अतिसुविधा सम्पन्न जिल्ला भएकाले राजधानी बनाएर झनै सुविधा सम्पन्न बन्ने स्वार्थ पाल्न नहुने धारणा राख्नुभयो । भक्तपुरको सानोठिमीलाई प्रदेशको अस्थायी राजधानी बनाउन सरकारी कार्यदलले तयारी गरिरहेका बेला उनले सानो जिल्ला भएकाले पनि यसलाई प्रदेशको राजधानी बनाएर जनसंख्याको चाप बढाउन नहुने तर्क गरे ।
फरक प्रसंगमा उनले वाम गठबन्धनलाई फुटाउन बाह्य शक्ति नै लागि परेको दाबी गरे ।