४ सहप्राध्यापकमाथि निर्वाचन आयोगद्वारा छानबिन सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

४ सहप्राध्यापकमाथि निर्वाचन आयोगद्वारा छानबिन सुरु

काठमाडौं, ९ जेठ । निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयका ४ सहप्राध्यापकमाथि छानबिन सुरु गरेको छ । राजनीतिक दलमा सक्रिय ४ प्राध्यापकमाथि आयोगले कारबाहीका लागि छानबिन थालेको हो ।

आयोगले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि सहप्राध्यापकहरु ३ जना र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रहेका एक जना कार्यरत क्याम्पसलाई स्पष्टिकरण सोधेको हो ।

कांग्रेसको शुभेच्छुक संस्था प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना,उपाध्यक्ष कृष्णकान्त पराजुली, महासचिव राजेन्द्र गौतम र समाजवादीका केन्द्रीय सदस्य उमाशंकर प्रसादमाथि त्रिविले छानबिन सुरु गरेको हो ।

पराजुली संस्कृत विश्वविद्यालय अन्तर्गतको वाल्मिकी विद्यापीठका सहप्राध्यापक हुन भने गौतम त्रिचन्द्र क्याम्पसको सहप्राध्यापक हुन् । उमाशंकर अर्थशास्त्र केन्द्रीय विभागमा कार्यरत छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);