काठमाडौं,७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम व्यवसायीको खस्केको मनोबल उकास्ने गरी आउन नसकेको दावी गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले कार्यक्रमले सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजको टिप्पणी गरेका हुन् ।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भइरहेको छलफलमा भाग लिंदै ओलीले देशको वास्तवितक अर्थतन्त्रको अवस्थाबारे समेत सरकारले नीति तथा कार्यक्रममा उल्लेख नगरेको बताए ।