शान्ती प्रकृयाको १० वर्ष वित्दा पनि अवस्थामा सुधार आएन | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

शान्ती प्रकृयाको १० वर्ष वित्दा पनि अवस्थामा सुधार आएन

गोपाल भटट्राई ,३१ चैत्र दाङ ।
दाङका द्धन्द्ध पिडित बालबालिका तथा उनका अभिभावकहरुले शान्ती प्रकृया सुरु भएको १० वर्ष भैसक्दा पनि आफूहरुको अबस्थामा सुधार नआएको गुनासो गरेका छन् । स्थानिय शान्ती समिति दाङले जिल्लाका एक सय जना द्धन्द्ध पिडित बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न आयोजीत कार्यक्रममा सहभागि द्धन्द्ध पिडित

शान्ती प्रकृयाको १० वर्ष वित्दा पनि अवस्थामा सुधार आएन

गोपाल भटट्राई ,३१ चैत्र दाङ ।
दाङका द्धन्द्ध पिडित बालबालिका तथा उनका अभिभावकहरुले शान्ती प्रकृया सुरु भएको १० वर्ष भैसक्दा पनि आफूहरुको अबस्थामा सुधार नआएको गुनासो गरेका छन् । स्थानिय शान्ती समिति दाङले जिल्लाका एक सय जना द्धन्द्ध पिडित बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न आयोजीत कार्यक्रममा सहभागि द्धन्द्ध पिडित बालबालिका तथा उन्का अभिभावकहरुले राज्यले आफूहरुलाई सधै उपेक्षा गरिरहेको गुनासो गरेका हुन् ।

द्धन्द्धपिडित बालबालिकाले छात्र बृत्तिको उमेर हद १८ वर्ष हटाउनु पर्ने माग गरे भने अभिभावकहरुले आयआर्जनका लागी विशेष पहल गर्नुपर्ने माग गरे । द्धन्द्धपिडित महिलाहरुले सिलाई कटाई जस्ता तालीमको अबधी लामो बनाइनु पर्ने माग गरे । तिन महिने तालिमले आफूहरुले केहि गर्न नसक्ने भन्दै उनीहरुले राज्यले दिने रकम किस्ता किस्तामा नभई एक मुष्ठ दिए आयआर्जनमा लगाउन सहज हुने बताए ।

उनीहरुले बृद्ध भत्ताका लागी पनि द्धन्द्ध पिडितलाई ६० वर्षको हद तोकिनु पर्ने माग गरे । स्थानिय शान्ती समितिका संयोजक नेत्रप्रकाश पाण्डेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो ।

Leave a Reply