ललितपुर स्थित यशोधर महाविहार दिगीको उद्घाटन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

ललितपुर स्थित यशोधर महाविहार दिगीको उद्घाटन सम्पन्न

शर्मीला रायमाझी
काठमाडौं । ललितपुर स्थित धार्मिक एवं ऐतिहासिक महत्वको यशोधर महाविहार दिगीको एक कार्यक्रमका बीच समुद्घाटन र शिलापत्रको अनावरण सम्पन्न भएको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले यशोधर महाविहार दिगी र शिलापत्रको अनावरण गर्नुभएको हो । उहाँले विहारको इतिहास झल्किने यशोधर महाविहार दिगी नामक पुस्तकको समेत विमोचन गर्नु भएको थियो । २०७२ सालको महा भूूकम्पले क्षति भएको उक्त दिगी २०७६ फागुन महिनादेखि पुनः निर्माण भई हाल सम्पन्न भएको हो । सो दिगी आजुहरुको नित्य पूजागर्ने पवित्र स्थल हो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सभामुख घिमिरेले ललितपुर ललितकलाको राजधानी भएको र यस्ता कला संस्कृति र संस्कारले विश्वमा नै राष्ट्रलाई धनी बनाउने बताउनुभयो ।

यसैगरि ललितपुर नगरपालिका नगर प्रमुख चिरीबाबु महर्जनले यशोधर महाविहार दिगीको पुनःनिर्माण भएको खुसी व्यक्त गर्नुभयो । उहाँले ललितपुरलाई विश्वसम्पदामा सूचीकृत हुनमा यशोधर महाविहार दिगीको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो ।

विहार निर्माणका क्रममा सहयोग गर्ने दाताहरुलाई दोसल्लाह ओडाई सम्मान पत्र दिइएको थियो । कार्यक्रममा प्रदेश सभाका सदस्य चक्रेश्वर यशोधरा महाविहारका अध्यक्ष आशाकाजी वज्राचार्य, बौद्ध विहार संघका अध्यक्ष नानी काजीशाक्य लगायत व्यक्तित्वको सहभागीता रहेको थियो । महाविहार स्थित गत विहिबार पाटन यलका बहाल बहिलका २३१ जना श्रद्धेय आजुहरुलाई दान प्रदान का साथै प्रसाद ग्रहण गराइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);