भ्रष्टाचारविरुद्ध रक्तदान कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

भ्रष्टाचारविरुद्ध रक्तदान कार्यक्रम

काठमाडौं । काठमाडौंमा भ्रष्टाचारबिरुद्ध रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

भ्रष्टाचारबिरुद्ध युवा अभियानले शनिवार काठमाडौंको माईतीघर मण्डलामा भ्रष्टाचारको सांकेतिक बिरोध स्वरुप रक्तदान कार्यक्रम आयोजना गरेको हो । त्यसक्रममा उनीहरुले घरघरमा गएर भ्रष्टहरुलाई सडकमा ल्याउने चेतावनी समेत दिएका छन् ।

भ्रष्टहरुकै कारण देश डुबेको उल्लेख गर्दै उनीहरुले भ्रष्टहरुलाई कारबाही गर्न घरघरमै गएर उनीहरुको विरुद्ध प्लेकार्डसहितको प्रर्दशन गर्ने योजनासमेत सार्वजनिक गरेका छन् ।

सरकार र राजनीतिक पार्टीहरुकै संलग्नतामा भ्रष्टाचार बढ्दै भन्दै उनीहरुले ‘भ्रष्टाचार बढ्यो दिनैदिन, जनताको टाउकोमा ऋणैऋण ।’, ‘देश लुट्न पाइँदैन, भ्रष्टाचारी नेता चाहिँदैन ।’ लेखिएका प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);