काठमाडौंमा १ लाख विरुवा रोप्ने बालेनको मिसन, रत्नपार्कमा रोपियो ११५ विरुवा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

काठमाडौंमा १ लाख विरुवा रोप्ने बालेनको मिसन, रत्नपार्कमा रोपियो ११५ विरुवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज रत्नपार्कमा वृक्षारोपण गरेको छ ।

सहरी हरियालीका लागि १ लाख वटा विरुवा रोप्ने अभियानअन्तर्गत आज पार्कमा ११५ वटा विरुवा रोपिएको हो । जसमा कपुर, धुपी र समीका विरुवा छन् । अभियानको थालनी गर्दै यसअघि काटेश्वर जडीबुटी सडक खण्डमा १२० वटा कपुरका विरुवा रोपिएका थिए ।

महानगर सहरी हरियालीका लागि १ लाख विरुवा रोप्ने सपना पूरा गर्ने अभियानमा रहेको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ । सहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फुल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको प्रमुख शाहको भनाइ छ ।

‘चराचुरुङ्गी तथा अन्य जीवजनावरलाई खाना र बास उपलब्ध गराउने सक्ने क्षमता भएका स्थानीय जातका बोट विरुवालाई जोगाउने योजनाअनुरुप रैथाने (इडेमिक) र प्राकृतिक रुपमा उम्रने (इन्डिजेनियस) बोट विरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ ।’ प्रमुख शाहले स्पष्ट पार्नुभयो । सन् १८०२ एक बर्षसम्म काठमाडौंको नारायणहिटी र स्वयम्भूमा बैज्ञानिक बुचानन हामील्टनले बोट विरुवाको अध्ययन गर्नुभएको थियो । त्यसबाट ४१ प्रजातिका विरुवाको नाम नेवारी लवजमा राखियो । अन्तरराष्ट्रिय स्तरमा नेवारी लवजबाटै उच्चारण गरिने ती बिरुवाहरु — बोसिस्वाँ, नःकुस्वाँ, भोलुस्वाँ, लुँकुलिस्वाँ, गुँसीलगायतका हुन् । यी बिरुवाको बैज्ञानिक नाम क्रमशः बेटुला बोसिस्वाँ, लौरस नकुस्वाँ, डाँफे भोउलु, लुकुलिया ग्राटिसीमा, पोडोकार्पस नेरिफोलियस हो ।

यी विरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित भएकोले जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्छ ।

वनस्पतिविज्ञ प्रकाश खड्गीकाअनुसार, नेपालमा पाइने १५८ प्रकारका रुख र ७५ प्रकारका बुटाहरु विश्वका अन्त कतै पाइँदैनन् । यहाँ ३१२ प्रकारका रैथाने जातका बोट बिरुवा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);