आज पनि ३ प्रदेशमा पानी पर्ने | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

आज पनि ३ प्रदेशमा पानी पर्ने

काठमाडौं, ५ जेठ । नेपालमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। अहिले पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राती कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशीको थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);