काठमाडौँ । साताको कारोबारको अन्तीम दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३२.३० अंक बढेर १८७७ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि बढेको छ । बुधबार ८५ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज १ अर्ब ४७ करोडको कारोबार भएको छ ।
आज २०४ कम्पनीको मूल्य बढेको छ भने ११ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्य भने स्थिर रहृयो ।
हिमालय ऊर्जा विकास र आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै १०–१० प्रतिशतले बढेको छ भने शिवश्री हाइड्रोको ८ र गणपति लघुवित्तको ७.८ प्रतिशत मूल्य बढ्यो ।
कारोबार रकमका आधारमा नेपाल टेलिकम सबैभन्दा अगाडी रहेको छ ।