काठमाडौं, ४ जेठ । सिम्रौनगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसमेत ३ जनाविरुद्ध मुद्दा अख्तियारले दायर भएको छ । देवापुरमा पोखरी ठेक्का लगाउँदा ७ वटा फर्मको ठेक्का परेकोमा सम्झौता नगरी धरौटी फिर्ता गरेको भन्ने उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा हुँदा सिम्रौनगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीले सिम्रौनगढ नगरपालिका बाराले सिम्रौनगढ नगरपालिकाबाट आ.व. २०७५÷७६ मा देवापुर माछा पोखरी ठेक्कामा ७ वटा फर्मले टेन्डर फर्म भरेकोमा उक्त ठेक्काको सम्झौता नभईकन ठेक्कामा कबोल गर्ने तेश्रो, चौथो, पाँचौं, छैठौ र सातौं फर्मको धरौटी फिर्ता गर्न तोकआदेश गरेको, गोश्वारा भौचर सदर गरी धरौटीबापत रु.९ लाख २२ हजार ५ सय रुपैयाँ सम्झौता हुनु अगाडि नै फिर्ता गरी सिम्रौनगढ नगरपालिकालाई हानिनोक्सानी पु¥याएको पुष्टि भएको हो ।
सिम्रौनगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालले पुनः देवापुर पोखरी ठेक्काको सूचना प्रकाशन गरेको पाइएको छ । दोब्बर जरिवाना हुन समेतको मागदाबी लिई बुधबार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता भोला दाहालले जनाएका छन् ।