काठमाडौं, ३ जेठ । आज जेठ ३ गते अर्थात् ‘मदन–आश्रित स्मृति दिवस’। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको दिन । आजभन्दा तीन दशक पहिले अर्थात् २०५० जेठ ३ गते चितवनको दासढुंगामा दुवै नेताको रहस्यमय निधन भएको थियो ।
सडक दुर्घटनामा परी निधन भएको ३० वर्ष पूरा हुँदासम्म पनि घटना भने अझै रहस्यमय छ। आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा जाँदै गर्दा भण्डारी र आश्रित चढेको जीप दुर्घटनामा परेको थियो।
यस अवसरमा नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी) ले विभिन्न कार्यक्रम गरेर मनाउँदै छन् । Photo : Bhagawati Neupane