सरकारले नीति तथा कार्यक्रम जेठ ५ गते प्रस्तुत गर्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

सरकारले नीति तथा कार्यक्रम जेठ ५ गते प्रस्तुत गर्दै

काठमाडौं, २ जेठ । जेठ ५ गते सरकारले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले सभामुख देवराज घिमिरेसँगको कुराकानीमा नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न लागेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र घिमिरेबीच संसद बजेट र नीति तथा कार्यक्रमबारे छलफल भएको थियो । प्रधानमन्त्रीले आगामी जेठ ४ गते सांसदहरुसँग प्रश्नोत्तर गर्ने भएकोले ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको स्रोतले जनाएको छ ।

बजेट भाषण अघि सरकारले संसदमा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);