स्वास्थ्यका भवन १० वर्षदेखि अलपत्र : ठेकेदार पेस्की लिन्छन्, भाग्छन् | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

स्वास्थ्यका भवन १० वर्षदेखि अलपत्र : ठेकेदार पेस्की लिन्छन्, भाग्छन्

काठमाडौं, २३ पुष । जाजरकोट सदरमुकामस्थित जिल्ला अस्पताल परिसरमा चार वर्षअघि नै बनिसक्नुपर्ने प्रसूतिगृह अझै बन्न सकेको छैन। भवन निर्माण कार्य अलपत्र अवस्थामा छ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतबाट आर्थिक वर्ष २०६८ ्६९ मा ठेक्का भई फ्राइन्ड्स कन्स्ट्रक्सन प्रालि कोटेश्वर काठमाडौंले भवन निर्माणको जिम्मा लिएको थियो।

२०६८ चैत २६ मा भएको सम्झौताअनुसार २०७० मंसिर २९ मा निर्माण सकिनुपर्ने उल्लेख थियो।

निर्माण जिम्मा लिएको ठेकेदारको चरम लापरबाहीका कारण भवन निर्माण ६ वर्षदेखि अलपत्र परेको हो।

भवनको डीपीसी मात्र गरेर ठेकेदारले काम छोडेर सम्पर्कविहीन भएपछि भवन निर्माणले तीव्रता नपाएको हो।

जग हालिएको भवनमा सिसौका बिरुवा उम्रिएर ठूला भइसकेका छन्।

एक करोड १६ लाख ८५ हजार लागतको प्रसूतिगृह निर्माणको काम ठेकेदारले ७४ लाख ६६ हजार रुपैयाँमा ठेक्का लिएका थिए।

बढी लागतको काम घटाघटमा लिँदा पनि काम गर्न गाह्रो भएको हो।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।