पाथिभरा माताले सबैको रक्षा गरुन, हेर्नुहोस् आजको राशिफल | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

पाथिभरा माताले सबैको रक्षा गरुन, हेर्नुहोस् आजको राशिफल

एजेन्सी, २ वैशाख । आज १६ मे २०२३ मंगलबार । आजको दिन सबै राशिका लागि मिश्रित दिन रहनेछ । यस दिन राशिका व्यक्तिहरूलाई आर्थिक तथा व्यापारिक क्षेत्रमा लाभ मिल्नेछ । अर्कोतर्फ, केही राशिका व्यक्तिहरूले यी क्षेत्रमा सावधानी अपनाउनु आवश्यक छ । यसैबेलाबाट जेष्ठ महिनाको त्रयोदशी तिथी प्रारम्भ हुनेछ ।

मेष राशि
आज आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। लामो यात्रामा नजानुहोस्। सवारी चलाउँदा सावधानी अपनाउनुहोस। वादविवादबाट टाढा रहनुहोस् र वाणीमा संयम राख्नुहोस्। व्यापारमा कुनै पनि ठूलो लेनदेन नगर्नुहोस्। सोचेर कसैसँग काम साझा गर्नुहोस्।

वृष राशि
आज कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापारमा साझेदारी लाभदायक हुनेछ। मान सम्मानमा बृद्धि हुनेछ । विशेष कामको लागि बाहिर जानु पर्नेछ। परिवारमा कसैको स्वास्थ्यको कारणले चिन्तित हुनुहुनेछ।

मिथुन राशि
आज तपाईको लागि व्यापार आदिमा नयाँ बाटो खुल्नेछ। कार्यक्षेत्रमा ठूला काम हुनाले लाभ मिल्नेछ । परिचित व्यक्तिसँग भेटघाटले रोकिएका काम पूरा हुनेछन्। परिवारमा शुभ कार्यक्रम हुनेछ । नयाँ घर वा सवारी किन्न सकिनेछ

कर्कट राशि
आज आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला । खानपानमा नियन्त्रण राख्नुहोस्। व्यर्थ बहसबाट टाढा रहनुहोस्। पैतृक सम्पत्तिका कारण घरपरिवारमा विवाद हुनसक्छ । नयाँ काम सोचेर गर्नु होला । कसैमाथि अत्याधिक विश्वासले तपाईलाई हानि पु¥याउन सक्छ। सवारी साधन आदि सावधानीपूर्वक चलाउनुहोस्।

सिंह राशि
आजको दिन उतारचढावको दिन रहनेछ। स्वास्थ्यका कारण चिन्तित रहनेछ । मानसिक तनाव र पीडा कायम रहनेछ। सवारी साधन आदि सावधानीपूर्वक चलाउनुहोस्। चोटपटक लाग्न सक्छ। पत्नी र परिवारमा मतभेद हुन सक्छ। चिनजानको दुःखद समाचार प्राप्त हुनेछ। व्यवसायमा साझेदारबाट धोका दिन सकिनेछ ।

कन्या राशि
आज तपाईको स्वास्थ्य राम्रो रहनेछ, मन प्रसन्न रहनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ । व्यापार–व्यवसायमा नयाँ कामको थालनी गर्न सकिनेछ, लाभ मिल्नेछ । तपाईं ठूलो साझेदारीमा साझेदार हुन सक्नुहुन्छ। परिवारको सहयोग मिल्नेछ । परिवारमा शुभ कार्य हुनेछ ।

तुला राशि
आजको दिन तपाईको लागि धेरै राम्रो रहनेछ। धेरै दिनदेखि चलिरहेको अस्वस्थ स्वास्थ्यबाट राहत मिल्नेछ। कसैलाई विशेष भेट्नुपर्छ। मान–सम्मानमा वृद्धि हुनुका साथै अदालतमा विजय प्राप्त हुनेछ। व्यवसायमा नयाँ क्षेत्रको सिर्जना हुनेछ । नयाँ व्यक्तिहरूसँग सम्बन्ध स्थापित हुनेछ र लाभ हुनेछ।

वृश्चिक राशि
आज तपाईले आफ्नो स्वास्थ्यमा गिरावट महसुस गर्नुहुनेछ। अत्याधिक कामका कारण मानसिक तनाव र शारीरिक थकान रहनेछ। कुनै कामको लागि लामो यात्रा गर्नु पर्ने हुनसक्छ। आज तपाई आफ्नो नजिकको व्यक्तिको कारण विवादमा फस्न सक्नुहुन्छ। परिवारबाट मनमुटाव आउन सक्छ।

धनु राशि
आजको दिन नयाँ व्यापार वा नयाँ साझेदारीको सुरुवात नगर्नुहोस् अन्यथा घाटा बेहोर्नु पर्नेछ। कार्यक्षेत्रमा विपक्षीको सामना गर्नु पर्नेछ । कुनै कुरामा मन त्रसित रहनेछ। श्रीमतीसँग कुनै कुरामा विवाद हुनसक्छ । सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला ।

मकर राशि
आज तपाई कतै घुम्न जान सक्नुहुन्छ। आज स्वास्थ्यमा आरामको अनुभूति हुनेछ । परिवारमा स्नेह र मायाको वातावरण रहनेछ। परिवारका सदस्यहरूसँग मिलेर आज नयाँ कामको थालनी गर्न सकिनेछ। नयाँ काम र व्यवसायमा नयाँ क्षेत्र मिल्नेछ । अपरिचित व्यक्तिलाई ठूलो रकम ऋण नदिनुहोस्।

कुम्भ राशि
आजको दिन तपाईलाई स्वास्थ्य लाभ दिनेछ। व्यापारमा सफलता मिल्नेछ । आर्थिक अवस्था मजबुत रहनेछ । कार्यस्थलमा नयाँ सम्बन्ध स्थापित हुनेछ। रोजगारीमा बढुवा पाउन सकिनेछ । परिवार तथा समाजमा मान–सम्मान बढ्नेछ र अदालतमा प्रतिद्वन्द्वी पराजित हुनेछन्।

मीन राशि
आज सावधान रहनुहोस्। सवारी साधन आदिको प्रयोगमा सावधानी अपनाउनुहोला । बहसबाट टाढा रहनुहोस्। परिवार–समाजमा विशेष व्यक्तिसँग विवादको स्थिति आउन सक्छ। घरमा शुभ कार्यको सम्भावना रहनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);