भगवान विष्णुले सबैको रक्षा गरुन्, कस्तो रहला तपाईको आजको दिन,हेरौं राशिफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भगवान विष्णुले सबैको रक्षा गरुन्, कस्तो रहला तपाईको आजको दिन,हेरौं राशिफल

काठमाडौं,७ भदौ । आज २४ अगस्ट २०२३ भदौ बिहीबार । आज सबै १२ राशिका लागि महत्वपूर्ण रहनेछ । केही राशिका लागि आजको दिन राम्रो रहनेछ । केही राशिका व्यक्तिहरूले व्यापारमा उतार–चढाव देख्नेछन् । आजको राशिफल पढ्नुहोस् र थाहा पाउनुहोस् तपाईको आजको दिन कस्तो रहनेछ ।

मेष राशि
आज तपाईको स्वास्थ्य राम्रो रहनेछ । आज कामको सिलसिलामा विशेष व्यक्तिसँग भेटघाट हुनसक्छ, जसका कारण व्यवसायमा राम्रो लाभ मिल्नेछ । परिवारमा सबैको सहयोग मिल्नेछ, मान सम्मान बढ्नेछ । परिवारमा धार्मिक कार्य सम्पन्न हुनेछन् ।

वृष राशि
आज तपाईको स्वास्थ्य बिग्रन सक्छ। कामको भीडबाट आफ्नो लागि केही समय निकाल्नुहोस्, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्, आज कुनै ठूलो लेनदेन नगर्नुहोस्। आर्थिक स्थितिमा गिरावटको अनुभूति हुनेछ। वादविवादबाट टाढै रहनुहोला, बोलीमा संयम राख्नु होला । सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला ।

मिथुन राशि
आज लामो यात्रा आदिमा जान सकिनेछ । स्वास्थ्यमा उतारचढाव आउनेछ । यात्रा आदिमा सावधानी अपनाउनुहोला, व्यापारमा आज कुनै नयाँ कामको थालनी नगर्नुहोस्। कसैलाई ठूलो रकम ऋण नदिनुहोस्। परिवारमा आफ्ना प्रियजनहरूसँग राम्रो सम्बन्ध राख्नुहोस्।

कर्कट राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। तपाईको स्वास्थ्य राम्रो रहनेछ। परिवारमा मांगलिक कार्यक्रमको अवसर मिल्नेछ। तपाईं आफ्नो परिवार संग बाहिर घुम्न जान सक्नुहुन्छ। व्यापार–व्यवसायमा लाभ हुनेछ । नयाँ साझेदारी सुरु गर्न सकिन्छ। श्रीमतीसँग मनमुटाव हुनसक्छ ।

सिंह राशि
तपाईको लागि आजको दिन सुखद रहनेछ। कुनै पनि धार्मिक तीर्थयात्रा आदिमा जान सकिन्छ । परिवारमा कसैको विवाह हुने सम्भावना छ । आर्थिक स्थिति बलियो हुनेछ, व्यापारमा नयाँ अवसरहरू सिर्जना हुनेछन्। नयाँ गाडी आदि किन्न सकिनेछ। अदालतमा विजय प्राप्त हुनेछ।

कन्या राशि
आज तपाईको चिनजानको ब्यवहारले मन खिन्न रहनेछ। स्वास्थ्य राम्रो रहनेछ, खानपानमा ध्यान दिनुहोला । आफ्नो कार्य क्षेत्र परिवर्तन नगर्नुहोस्। आज कुनै ठुलो निर्णय नगर्नु होला अन्यथा घाटा बेहोर्नु पर्नेछ । व्यापारमा उतारचढाव आउनेछ । परिवारमा प्रियजनहरूसँग मतभेद हुन सक्छ।

तुला राशि
आज तपाईको स्वास्थ्यको ख्याल गर्ने दिन छ, स्वास्थ्य बिग्रन सक्छ। कुनै विशेष कामको लागि बाहिर जानु पर्न सक्छ। आज कुनै पनि नयाँ कामको थालनी नगर्नुहोस्। वादविवादबाट टाढा रहनुहोस्, घरपरिवारमा मनमुटाव हुन सक्छ। व्यापारमा नयाँ जोखिम नलिनुहोस्।

वृश्चिक राशि
आज परिवारसँग बाहिर कतै घुम्न जान सकिनेछ। स्वास्थ्य राम्रो रहनेछ, मन प्रसन्न रहनेछ। व्यापार–व्यवसायमा नयाँ काम वा नयाँ साझेदारीको थालनी गर्न सकिनेछ । परिवारमा मांगलिक कार्यक्रम बन्न सक्छ, पत्नीको स्वास्थ्यमा सुधार हुनेछ।

धनु राशि

आजको दिन तपाईको लागि राम्रो रहनेछ, सम्मान बढ्नेछ। सामाजिक क्षेत्रमा राम्रा व्यक्तिको सहयोग मिल्नेछ । व्यापारमा नयाँ कामको लागि कार्य योजना बन्न सक्छ। तपाईको परिवारको हरेक निर्णयमा तपाईको साथ रहनेछ, तपाईले नयाँ गाडी आदि किन्न सक्नुहुनेछ।

मकर राशि
आज तपाईले आफ्नो स्वास्थ्यमा गिरावट महसुस गर्नुहुनेछ। नयाँ कामको थालनी गर्ने सोचमा हुनुहुन्छ भने विपक्षीको सामना गर्नु पर्नेछ। व्यापारमा घाटा हुन सक्छ । मन चंचल रहनेछ, वादविवादबाट टाढा रहनु होला ।

कुम्भ राशि
आज सामाजिक क्षेत्रमा अपमानको सामना गर्नु पर्नेछ। लामो यात्रामा जानु भयो भने सवारी साधन आदिको प्रयोगमा सावधानी अपनाउनु होला । व्यापार क्षेत्रमा कसैलाई धेरै ऋण नदिनुहोस्, अन्यथा घाटा बेहोर्नु पर्नेछ। परिवारमा नजिकको व्यक्तिको स्वास्थ्यको बारेमा चिन्तित हुनुहुनेछ।

मीन राशि
आज तपाईले आफ्नो स्वास्थ्यमा लाभ महसुस गर्नुहुनेछ। अध्यात्मप्रतिको सम्मान रहनेछ। व्यापार–व्यवसायमा आज परिवर्तन गर्न सकिनेछ । परिवारका साथ धार्मिक यात्रामा जान सकिनेछ। तपाईंको परिवारका सदस्यहरूले तपाईंको कुनै पनि कामको विरोध गर्न सक्छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);