गणतन्त्र ल्याउनेहरुबाटै गणतन्त्रमाथि खतरा | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

गणतन्त्र ल्याउनेहरुबाटै गणतन्त्रमाथि खतरा

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन नसकेको बताउनुभएको छ ।

सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भएपनि त्यसको खास सदुपयोग हुन नसकेको स्पष्ट पार्नुभयो । उहाँले अहिले पनि जनताका गाँस, बासका समस्या, राष्ट्रियताका समस्याले देश ग्रस्त रहेको बताउनु भयो ।

उहाँले देशको आर्थिक अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै राजनीतिक अस्थिरता, शिक्षा, स्वास्थ्य रोजगारीको कमी हुँदा युवाहरु विदेश पलायन भइरहेको बताउनु भयो । उहाँले लोकतन्त्र, गणतन्त्र ल्याउनेहरुबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष कसीले देशमा शिक्षा, स्वास्थ्य रोजगारी व्यापारीको हातमा भएको र शक्तिकेन्द्रहरु रमाइरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);