प्रदेशका राजधानी तोक्ने टुंगोबारे सरकार अचानक पछि हट्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

प्रदेशका राजधानी तोक्ने टुंगोबारे सरकार अचानक पछि हट्दै

rajdhani-pradesh

काठमाडौं,२३ पुष ।प्रदेश राजधानीको माग राख्दै विभिन्न जिल्लामा आन्दोलन हुन थालेपछि सरकार संवैधानिक दायित्वबाट च्यूत हुँदै तत्काल अस्थायी मुकाम नतोक्ने निष्कर्षमा पुगेको छ ।

संविधानमा सरकारले प्रदेशहरूका अस्थायी मुकाम तोक्ने र प्रदेशसभाको दुई तिहाइले स्थायी मुकाम तोक्ने व्यवस्था छ ।

सातै प्रदेशका अस्थायी राजधानी तोक्ने टुंगोमा पुगिसकेको सरकार अचानक पछि हट्दै प्रदेश सांसदको शपथ काठमाडौंबाटै गराउने गृहकार्यमा अघि बढेको हो ।

यसअघि सरकारले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को भक्तपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी मुकाम तोक्ने तयारी गरेको थियो ।, आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);