टोपबहादुरलाई म्याद थप्न अदालत पेश गरिदैं | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

टोपबहादुरलाई म्याद थप्न अदालत पेश गरिदैं

टोपबहादुर रायमाझी

काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा एमालेका नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिदैंछ । रायमाझी आइतबार पक्राउ परेका थिए ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरले पुष्टि गरेको थियो । रायमाझीलाई आज अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेश गर्न लागिएको प्रहरी स्रोतले जनाएको छ।

वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका रायमाझी त्यहीँबाट फरार भएका थिए ।

सोही साँझ उहाँका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित पक्राउ पर्नेको संख्या १३ पुगेको छ । यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित १२ जना परिसकेका थिए ।

तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक थापा, कांग्रेस पूर्वसांसद आङटावा शेर्पा र सुरक्षा सल्लाहकार राईका छोरा निरज हाल फरार छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);