परिवर्तनका लागि रुपान्तरित दृष्टिकोणसहितको नेतृत्व आवश्यक | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

परिवर्तनका लागि रुपान्तरित दृष्टिकोणसहितको नेतृत्व आवश्यक

काठमाडौं, ३१ वैशाख । महिला अधिकारकर्मीहरुले परिवर्तनका लागि रुपान्तरित दृष्टिकोण सहितको नेतृत्व आवश्यक रहेकोमा जोड दिएका छन् ।

महिला बेचबिखन बिरुद्धको विश्वव्यापी सञ्जालले बंगलादेशको ढाकामा गरेको ३ दिने सम्मेलनमा सहभागी अधिकारकर्मी र सरोकारवालाहरुले महिलाश्रमको सम्मानका लागि दृष्टिकोणमा रुपान्तरण हुनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले स्वदेश र प्रवासमा महिला श्रमको सम्मान हुनुपर्नेमा र उनीहरुमाथि हँुदै आएको मानसिक दबाब र बहिष्करणको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

“महिला श्रमको सम्मानपूर्ण मूल्यांकनका लागि रुपान्तरित दृष्टिकोण“सम्मेलनमा सहभागीहरुले स्वदेश र वैदेशिक रोजगारीमा गएका महिला श्रमिकमाथिको मानसिक दबाब र बहिष्करणको अन्त्य नभएसम्म दिगो विकास लक्ष्य हासिल गर्न नसकिने बताए । उनीहरुले वैदेशिक रोजगारीमा गएका महिलाले मुलुकको आर्थिक परिवर्तनमा ठूलो योगदान पु¥याएकाले उनीहरुको श्रमलाई सम्मानपूर्ण दृष्टिकोणले हेर्नुपर्ने बताए । नेपालबाट सम्मेलनमा सहभागी संविधानसभा सदस्य डाक्टर विन्दा पाण्डेले महिला श्रमको मूल्यांकन र सम्मानका लागि अझै पनि संघर्ष गनुपर्ने अवस्था रहनु दुखद् भएको बताउनु भयो । बंगलादेशको कार्यकारी प्रमुखमा महिला रहँदा पनि बंगलादेशी महिलाहरुको स्थितिमा खासै परिर्वतन आउन नसकेको दृष्टान्त दिँदै उहाँले परिवर्तनका लागि महिलावादी दृष्टिकोण सहितको महिला नेतृत्व आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘महिला नेतृत्वमा पुग्दैमा समग्र महिला जगतको विकास भएको मान्न सकिँदैन । त्यसका लागि महिलावादी दृष्टिकोण सहितको नेतृत्व चाहिन्छ । राष्ट्र«निर्माणमा महिलाको योगदानको कुरा गर्दा सेवामुलक काम र अनौपचारिक क्षेत्रको श्रमलाई पनि आर्थिक उत्पादनको रुपमा ग्रहण गनुपर्छ । उनीहरुले अर्थतन्त्रमा पु¥याएको योगदानलाई राष्ट्रिय गणनामा राखिनुपर्छ । ’

अधिकारर्की डाक्टर रेणु अधिकारीले देश भित्रैका महिलाको श्रमको सम्मान र मूल्यांकन नभएसम्म वैदेशिक रोजगारीमा रहेका महिलाको सम्मान हुन नसक्ने बताउनु भयो । महिलाको श्रमको सम्मान हुन नसक्दा वैदेशिक रोजगारीमा रहेका महिलाले लाञ्छना र हेयको व्यवहार खेप्नुपरेको बताउनु भयो । उहाँले देश भित्र र प्रवासमा रहेका महिला श्रमिकले मुलुकको आर्थिक क्षेत्रमा पु¥याएको योगदानको कदर नभएसम्म कुनैपनि सरकार समृद्ध हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘देश भित्र र बाहिरका महिलाको श्रमको मुूल्यांकन सरकारले गनुपर्छ । उनीहरुको श्रमको मूल्यलाई सबै सरकारले देशको अर्थतन्त्रको मुल प्रवाहिकरणमा समावेश गनुपर्छ । महिला श्रमको मूल्यको गणना र सम्मान नभएसम्म कुनैपनि सरकारले दिगो विकास लक्ष्य हासिल गर्न सक्दैनन् । ’

त्यसैगरी महिला बेचबिखन बिरुद्धको विश्वव्यापि सञ्जालका प्रतिनिधि वन्धना पटनायकले बंगलादेश र नेपालको स्थिति मूल्यांकन गर्दा आप्रवासी महिलाको समान प्रकृतिका समस्या रहेकाले मिलेर काम गनुपर्नेमा जोड दिनुपर्ने बताउनु भयो । प्रवासी महिला कमदारले आफ्नै देशमा फर्किएपछि पनि कयौले स्वरोजगारमुखी व्यवसाय गरेको दृष्टान्त दिँदै उनीहरुले पु¥याएको योगदानको कदर गनुपर्नेमा जोड दिनुभयो । आप्रवासी महिला कामदार प्रतिको सम्मान र सामाजिक पुनःस्थापनालाई सहज बनाउन मिडियाले ठूलो भुमिका रहेकाले सकारात्मक समाचार र सफलताको कथाहरुलाई बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो ‘दक्षिण एशियाबाट वैदेशिक रोजगारीमा गएका महिला कम पारिश्रमिकमा पनि काम गर्न बाध्य छन् । तर उनीहरुले आफ्नो कमाईको सबै पैसा परिवारलाई पठाउने गर्छन् । यसले समग्र ती मुलुकको अर्थतन्त्रलाई पनि सहयोग पु¥याएको हुन्छ । त्यसैले उनीहरुले देश र परिवारलाई पुराएको योगदानको सबै सरकारले सम्मान गनुपर्छ । ’

कार्यक्रममा सहभागी आप्रवासी महिलाहरुले आफूहरुलाई समाजले राम्रो दृष्टि राख्ने नगरेको गुनासो गरेका थिए । उनीहरुले श्रमको योगदान र मूल्य महिला र पुरुष दुवैको समान गर्नुपर्छ भन्ने बुझाई नहुँदा वैदेशिक रोजगारीबाट फर्किएपछि पनि परिवार र समाजको बहिष्करणमा पर्नुपरेको बताएका थिए ।

कार्यक्रममा नेपाल र बंगलादेशका सांसद, अधिकारर्की, पत्रकार र आप्रवासी सहित ६० जना बढीको सहभागिता थियो । मिडिया सामग्रीको भाषा र प्रश्तुतीको शैली पनि पुरुष मनोभावबाट प्रेरित हुने गरेको भन्दै सहभागीले सञ्चार शैलीमा पनि परिवर्तनको आवश्यकता औँल्याएका थिए । सम्मेलनले परिवर्तनका लागि रुपान्तरित दृष्टिकोण सहितको नेतृत्व विकासका लागि दुई वर्षे रणनीति तयार गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);