कर्नाटकमा कांग्रेसले बहुमत ल्याएसँगै शक्ति प्रदर्शन, हार स्वीकार्दै मुख्यमन्त्रीले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

कर्नाटकमा कांग्रेसले बहुमत ल्याएसँगै शक्ति प्रदर्शन, हार स्वीकार्दै मुख्यमन्त्रीले दिए राजीनामा

एजेन्सी, ३१ वैशाख । भारतको कर्नाटकमा भएको विधानसभाको निर्वाचनमा २२४ सदस्यीय विधानसभाको नतिजा घोषणा गरिएको छ ।

जसमध्ये सबैभन्दा धेरै कांग्रेसले १३५ सिट जितेको छ । जबकि भाजपाले ६६ सिट जितेको छ । कांग्रेसले बहुमत ल्याएसँगै नेताहरुले शक्ति प्रदर्शन गरेका छन् ।

कर्नाटकमा कांग्रेसको जितमा प्रधानमन्त्री मोदीले कांग्रेस पार्टीलाई बधाई दिएका छन्। उनले भने,“कर्नाटक विधानसभा चुनावमा विजयी भएकोमा कांग्रेस पार्टीलाई बधाई छ। जनताको आकांक्षा पूरा होस् भन्ने मेरो शुभकामना।“

कर्नाटक विधानसभा चुनावमा भाजपाको पराजयपछि कर्नाटकका मुख्यमन्त्री तथा भाजपा नेता बसवराज बोम्मईले राज्यपाल थावरचन्द गहलोतलाई राजीनामा बुझाएका छन्। यस क्रममा उनले भने, ‘मैले गभर्नरसँग समय मागेको थिएँ र राजीनामा बुझाएको थिएँ, राजीनामा स्वीकृत भएको छ ।

त्यसैगरी, निर्वाचनमा जेडियसले १९ र अन्यले ४ सिटमा विजयी भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);