प्रहरीको डिएसपी बढुवामा गौतम केसीको छलाङ, काण्डै काण्डमा मुछिएका कुमुद ढुंगेल पनि छिराइए | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

प्रहरीको डिएसपी बढुवामा गौतम केसीको छलाङ, काण्डै काण्डमा मुछिएका कुमुद ढुंगेल पनि छिराइए

dsp-kumud-dhungel

काठमाडौं, ३० वैशाख । नेपाल प्रहरीको डिएसपीबाट एसपीमा बढुवा सिफारिशमा गौतम केसी पहिलो नम्बरमा परेका छन् । उनले बढुवामा छलाङ मारेका छन् । डिएसपीमा बढुवा हुँदा उनी केही पछि परेका थिए ।

अघिल्लो बढुवामा छुटेकी वसुन्धरा खड्का दुई नम्बरमा बढुवा भएकी छिन् । यसैगरी, बढुवा सिफारिशमा नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तीमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले पनि परेका छन् ।

बढुवा सिफारिशमा विवादास्पद डिएसपी कुमुद ढुंगेल पनि परेका छन् । उनी दिनेश अधिकारी चरी प्रकरणमा मुछिएका थिए । चरीकी प्रेमिका भनिएकी खुश्वु ओलीले ढुंगेललाई गम्भीर आरोप लगाएकी थिइन् ।

ढुंगेलको आपराधिक गिरोहसँग मिलेमतो भएको भन्दै तत्कालीन आइजीपी सर्वेन्द्र खनालले बढुवा नै रोकिदिएका थिए । उनीमाथि विभागीय कारबाही समेत भएको थियो ।
बढुवामा नारायण प्रसाद चिमोरिया, सन्तोष आचार्य, नरेन्द्र चन्द, राजन भुजेल पनि सिफारिश भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);