संघ सरकारकामा भएको गठबन्धनकै आधारमा मधेस प्रदेश सरकार पुनर्गठन हुन्छः उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

संघ सरकारकामा भएको गठबन्धनकै आधारमा मधेस प्रदेश सरकार पुनर्गठन हुन्छः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघ सरकारकामा भएको गठबन्धनकै आधारमा मधेस प्रदेश सरकार पुनर्गठन हुने बताउनुभएको छ ।

शुक्रवार जनकपुरमा पत्रकार सम्मेलनमा अध्यक्ष यादवले केही दिनभित्रै मधेस सरकार पुनःगठन हुने बताउनुभएको हो । उहाँले संघीय सरकारमा भएको गठबन्धन अनुरुप नै मधेस सरकारमा पनि गठबन्धनको सरकार कायम रहने बताउनु भयो । मुख्यमन्त्रीमा आलोपालो हुने भन्दै उहाँले अहिले भने सरकारको नेतृत्व जसपाले नै गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले जनमत पार्टी उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको बिरुद्धमा लागेको उल्लेख गर्दै जनमतलाई सरकारमा ल्याउने, नल्याउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताउनु भयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणलाई अपराध भएको टिप्पणी गर्दै कठोर छानबिन हुनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);