मेयर बालेन जब स्कुलको कक्षा कोठामा बसे | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

मेयर बालेन जब स्कुलको कक्षा कोठामा बसे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरले तीन साताअघि सुरु गरेको ‘शिक्षामा सिप’ कार्यक्रमको निरीक्षण गर्नु भएको छ ।

हरेक साता शुक्रवार हुने उक्त कार्यक्रमको प्रभावकारिता र कार्यान्वयन कसरी भइरहेको छ भन्ने निरीक्षण गर्ने क्रममा मेयर शाह आज जमलस्थित नेपालकै पहिलो विद्यालय दरबार हाई स्कुल र पद्योदय मोडस्थित पद्यमोदय माध्यमिक विद्यालयमा पुग्नु भएको हो ।

मेयर शाहले दुवै स्कुलका विभिन्न कक्षाहरूमा विद्यार्थीसँगै यो कार्यक्रममा सहभागिता पनि जनाउनु भएको थियो ।

‘शिक्षामा सिप’ कार्यक्रम मेयर शाहले स्थानीय तहको निर्वाचनमा उम्मेदवार रहँदै गर्दा प्रमुख कार्यक्रमका रूपमा घोषणा पत्रमा समेट्नुभएको थियो ।

तीन साताअघि राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमका बिच ‘शिक्षामा सिप’ कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);