बालकृष्ण खाँण पक्राउपछि काँग्रेस संस्थापनमा सन्नाटा छायो, इतर पक्ष हौसिए | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

बालकृष्ण खाँण पक्राउपछि काँग्रेस संस्थापनमा सन्नाटा छायो, इतर पक्ष हौसिए

काठमाडौं, २९ वैशाख । नक्कली शरणार्थी प्रकरणमा पार्टीका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेसँगै नेपाली काँग्रेसभित्रको संस्थापन पक्षमा सन्नाटा छाएको छ । संस्थापन पक्षका नेताहरु कसैलाई आरोप लाग्दैमा दोषि भन्न नमिल्ने बताइरहेका छन् । तर इतर पक्षका नेताहरु भने आफ्नै नेता पक्राउ पर्दा पनि हौसिएका छन् ।

नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवाका निकट एवं विश्वासपात्र मानिने पूर्वगृहमन्त्री बालकृष्ण खाँड नक्कली भुटानी प्रकरणमा पक्राउ परे । खाँड पक्राउ परेलगत्तै काँग्रेसभित्र एक खालको सन्नाटा छायो । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न सिंहदरबार नै पुग्नुभयो । आफ्नो निवासमा भेट गर्न विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्तासँगको भेटमा पनि सभापति देउवा धेरै बोल्ने मुड छैन भन्दै निराश देखिनुहुन्थ्यो । सभापति देउवासँगै उहाँ पक्षका नेताहरुमा निकै बेचैनी देखिन्थ्यो । तर त्यही बेला संस्थापन इतरका नेताहरु उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मन्त्रालयमै भेटेर यो प्रकरणका दोषि नउम्कुन भनेर खबरदारी गरिरहेका थिए । काँग्रेस नेता कार्यकर्ताले गृहमन्त्री श्रेष्ठलाई बधाइ दिँदै कसैको दबावमा नपरी काम गर्न हौस्याइरहेका थिए । शेखर कोइराला पक्षका नेताहरुको भनाइ छ ‘भ्रष्टाचारी कुनै पार्टीका हुँदैन कारबाही गर्दा पार्टीले हेर्न आवश्यक छैन ।’

त्यसो त बुधबारको संसदमा पनि काँग्रेस महामन्त्री गगन थापाले शीर्ष नेताहरुको तारन्तारको भेटलाई लिएर शंका पनि जनाएका थिए । शीर्ष नेताहरुको भेट अपराधीलाई उन्मुक्ति दिने बहाना नबनोस भनेर उनले चेतावनी पनि दिए । सभापति देउवा पक्षका नेताहरुले भने खाँडले अनुसन्धानमा सघाउँछु भन्दा भन्दै पक्राउ गरेको भनेर असन्तुष्टि जनाएका छन् । कतिपय नेताहरुले त खाँडको पक्राउलाई लोकतन्त्रमाथिको प्रहार भनेर आलोचना गरेका छन् । देशको गृहमन्त्री भइसकेको व्यक्तिलाई पक्राउ गर्ने तरिका नमिलेको भन्नै संस्थापन पक्षले आलोचना गरेको छ ।

पूर्व गृहमन्त्रीको पक्राउ र उनीमाथि भइरहेको अनुसन्धानलाई लिएर काँग्रेसभित्र दुई धार देखिएको प्रष्ट हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);