काँग्रेसले भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानलाई सघाउने | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

काँग्रेसले भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानलाई सघाउने

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठकले तत्काल पूर्वमन्त्री एवं केन्द्रिय सदस्य बालकृष्ण खाँणबारे कुनै निर्णय नगर्ने बताएको छ ।

बिहीवार पार्टी सभापति शरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सहमहामन्त्री जीवन परियारले तत्काल पार्टीले कुनै निर्णय नलिएको र अभियुक्त बन्दैमा दोषी हुने प्रमाण नभएकाले अदालतको आदेश कुर्ने बताउनु भयो । उहाँले आफ्नो पार्टीका नेताले अनुसन्धानलाई सघाएको र निष्पक्ष छानबिनपछि आएको अदालतको आदेशलाई पार्टीले स्वीकार्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि मुद्दामा कुनैपनि अनुसन्धानका क्रममा पक्राउ पर्ने बित्तिकै दोषी हो भन्न मिल्दैन, कुनैपनि व्यक्ति अभियुक्त हुन्छ, अदालतबाट निर्णय आइसकेपछि दोषी ठहरिन्छ, हाम्रो पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ, नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्च भएको छ, यसमास रकारले निष्पक्ष छानबिन गर्नुपर्छ, दोषी छोड्नु हुँदैन, निर्दोष पर्नु हुँदैन ।’

सहमहामन्त्री परियारले बैठकमा प्रदेश सरकारको बारेमा पनि छलफल भएको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार