विपद् जोखिम न्युनिकरण र व्यवस्थापन प्राधिकरणलाई छुट्टै मन्त्रालय बनाउनुपर्छः डा. तुलाधर | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

विपद् जोखिम न्युनिकरण र व्यवस्थापन प्राधिकरणलाई छुट्टै मन्त्रालय बनाउनुपर्छः डा. तुलाधर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले विपद् जोखिम न्युनिकरण र व्यवस्थापन प्राधिकरणलाई मन्त्रालय बनाएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजित राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू सरकारमा सहभागी हुँदा विपद् जोखिम न्युनिकरण र व्यवस्थापन प्राधिकरणलाई एउटा छुट्टै मन्त्रालय बनाएर जाने प्रयास गरेपनि सफल हुन नसकेको बताउनु भयो । उहाँले प्राधिकरणलाई गृहमन्त्रालय अन्तर्गत नभइ प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने कुरा पनि सफल हुन नसकेको स्पष्ट पार्नुभयो । उहाँले अब विपद्जन्य गतिविधिहरु बढ्ने भएकाले पूर्वतयारीका साथ काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले सबैभन्दा पहिला शारीरिक अशक्तता भएकाहरुलाई सुरक्षित गर्नुपर्ने आवश्यक्ता रहेको र अन्य नागरिकलाई पनि पूर्वसूचनाको बिस्तार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विपद् जोखिम न्युनिकरण र व्यवस्थापन प्राधिकरण शक्तिशाली प्राधिकरण बनाउन लागेका थियौँ । त्यो प्राधिकरणलाई गृहमन्त्रालय अन्तर्गत नभइ प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने कुरा गरेका थियौँ । अझ त्यो भन्दा अघि बढेर त्यसलाई मन्त्रालय बनाउन खोजेका थियौँ । मैले प्रश्ताव राखेको थिएँ, १५ वटा भन्दा धेरै मन्त्रालय बनाउन नपाउने र २५ जना भन्दा बढी मन्त्रीमण्डल नहुने भनेर धान्न नसक्ने भनेकाले त्यो सम्भव हुन सकेन । प्राधिकरण बन्यो, त्यसपछि त्यसको २ वर्षपछि ऐन बन्यो, २०७४ मा नियमावली बनाउन अर्को दुई वर्ष लाग्यो, तर सिइओ नियुक्ति अर्को डेढ वर्ष लाग्यो, यो भनेको गृहमन्त्रालयको धेरै काम भएकाले हो, यो गृहमन्त्रालयलाई भकारीमा नाम्लो लाइदिएजस्तो भयो ।’

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्युनिकरणका लागि बेलैमा पूर्वरणनीति बनाएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले विगतमा सिकेको अनुभवलाई रणनीति बनाएर अघि बढ्नसके विपद्बाट जनधनको क्षति हुनबाट रोक्न सकिने उल्लेख गर्नुभयो । उहाँले गीत, संगीत र भिडियोको माध्यमबाट गाउँ गाउँमा सचेतना फैल्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विपद् जोखिम न्युनिकरणका लागि हामीले अब कस्तो रणनीति बनाउने भन्ने तयारी गरेर अघि बढ्नुपर्छ । हामीले सिकेका अनुभवलाई लिएर रणनीति बनाएर जानुपर्छ । हामीले गीत, संगीत भिडयोको माध्यमबाट हामीले जनतामा यसको पूर्वसूचना बनाउनुपर्छ । शारीरिक अशक्तहरुलाई यसबाट हामीले सबैभन्दा पहिला सूचना दिएर सुरक्षित गर्नुपर्छ । बाढी आएपछि म्यापिङ गर्ने होइन, पूर्वतयारी गर्न जरुरी छ । हामीले प्रभावकारी ढंगबाट काम गर्दै जानुपर्छ ।’

कार्यकारी प्रमुख पोखरेलले शारीरिक अशक्त भएकाहरुलाई सबैभन्दा पहिला विपद्जन्य अवस्थाका बारेमा सचेत र सूचना दिनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);