पदाधिकारी बैठक अघि देउवाले भेटे प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

पदाधिकारी बैठक अघि देउवाले भेटे प्रधानमन्त्री

काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक अघि पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बालुवाटारमा दुई शीर्ष नेताबीच छलफल भएको स्रोतले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै सभापति देउवाले बुधबार आकस्मिक पदाधिकारी बैठक बोलाएका थिए । तर हिजाको बैठकले ठोस निर्णय नलिएपछि आज पनि बैठक बोलाइएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता तथा पूर्वगृहमन्त्री खाँण आफ्नै निवासबाट पक्राउ परेका हुन् । बैठकमा शरणार्थी प्रकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

खाँणलाई पार्टीले निलम्बन गर्न सक्ने अनुमान गरिएको छ । बुधबार बसेको बैठकले प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्क नभएको जनाउँदै कुनै पनि निर्णय नलिएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);