इमरान खान ८ दिन अझै हिरासतमा रहने, पाकिस्तानी हिंसामा ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

इमरान खान ८ दिन अझै हिरासतमा रहने, पाकिस्तानी हिंसामा ८ जनाको मृत्यु

एजेन्सी, २८ वैशाख । अल कादिर ट्रस्ट घोटालामा पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राष्ट्रिय एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) ले ८ दिनको हिरासतमा पठाएको छ । इमरानका समर्थकहरुको सुरक्षा बलसँगको हिंसात्मक झडपमा आठ जनाको मृत्यु भएको छ ।

इस्लामावाद, पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तमा सेना तैनाथ गरिएको छ। चाङ क्षेत्रमा रहेको आणविक केन्द्रमा कमाण्डोहरू तैनाथ छन्। सेनाले हिंसामा पहिलो आधिकारिक प्रतिक्रिया दिएको छे– यो हाम्रो विरुद्धको षड्यन्त्र हो । उचित जवाफ दिनेछ।

प्रधानमन्त्री शाहबाज सरिफले बुधबार राति टिभीमा राष्ट्रका नाममा सम्बोधन गरेका थिए । उनले भने,‘इमरान र पीटीआईले देशलाई गम्भीर क्षति पुर्याएको छ। शत्रुहरू जस्तै सैन्य आधारहरू आक्रमण गरेका छन्, यो ७५ वर्षमा कहिल्यै भएको छैन।’ शहबाजले अपराधीहरूले कानूनको पालना गर्नुपर्छ अन्यथा उनीहरूलाई कडा कारबाही गरिने चेतावनी दिए।

बुधबार इमरान एनएबीको अस्थायी अदालतमा हाजिर भएका थिए । अनुसन्धान एजेन्सीले १४ दिनको म्याद मागेपछि अदालतले ८ दिनको म्याद दिएको हो । एनएबीले खानकी पत्नी बुशराका लागि पनि गिरफ्तारी वारेन्ट मागेको थियो, अदालतले स्वीकार गरेन।

हिंसा र आफ्ना अफिसरको घरमा भएको आक्रमणको बारेमा सेनाले भन्यो–‘हमला योजना र षडयन्त्रमा भइरहेको छ । सेनालाई देशद्रोही भनिन्छ । अपराधीहरुको पहिचान गरिसकेका छौं । अब उनीहरूलाई उचित जवाफ दिइनेछ । यो महत्त्वपूर्ण छ किनभने केही मानिसहरू गृहयुद्ध चाहन्छन् ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);