काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई कुनै ‘डिस्ट्रब’ नगर्ने बताएका छन् ।
सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि बाहिरिने क्रममा उहाँले यस्तो दाबी गरेका हुन् ।
सञ्चारकमीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले आफुहरुबीचको छलफल मिडियामा आएजस्तो शरणार्थी प्रकरणमा नभएको स्पष्ट पारे ।
नक्कली शरणार्थी प्रकरणको विषयमा एकपछि अर्का ठूला नेताहरु मुछिएपछि भएको यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।