एजेन्सी, २७ वैशाख । बलिउडका चर्चित कलाकार प्रभास र कृति सेननको बहुप्रतिक्षित चलचित्र आदिपुरुषको ट्रेलर सार्वजनिक भएको छ । मंगलबार, निर्माताहरूले एख्च् जुहू, मुम्बईमा फिल्मको भव्य ट्रेलर लन्च कार्यक्रम आयोजना गरेर ट्रेलरलाई डिजिटल रूपमा सार्वजनिक गरिएको हो ।
ट्रेलर हेरेर भिएफएक्सलाई लिएर चर्को विवाद र ठट्टापछि निर्माण पक्षले फिल्मको दृश्यमा धेरै परिवर्तन गरेको अनुमान गरिएको छ । ट्रेलर रिलिज भएदेखि नै सामाजिक सञ्जाल ३ब्मष्उगचगकज ट्रेन्डिङ भइरहेको छ।
चलचित्रको ट्रेलर रामचरित मानसको चौपईबाट सुरु भएको हो । ट्रेलर पवनका छोरा हनुमानबाट सुरु हुन्छ । पृष्ठभूमिमा रामचरित मानसको चौपई ‘मंगल भवन ए मंगल हरि’ सुनिन्छ। हनुमानको गेटअपमा देवदत्त नागे भन्छन ’यो कथा मेरो भगवान श्री रामको हो, जो मानवबाट भगवान बने । रामायणको यो कथा युगौंदेखि जीवित छ । यस संवादमा प्रभु श्रीरामको गेटअपमा प्रभास, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सन्नीको झलक देख्न सकिन्छ । आदिपुरुष जुन १६ मा तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ।
यसपछि अर्को दृश्य सीता हरणको हो, जसमा भिक्षुको गेटअपमा सैफ अली खान र माता सीताको भूमिकामा कृति सेननको झलक देखिन्छ । त्यसपछि राम सीताको खोजीमा देखिन्छन् र सीता अशोक वाटिकामा उनको पर्खाइमा छिन् । यसैबीच भगवान राम र माता सीताबीच बिताएका पुराना पलहरुको झलक देख्न सकिन्छ ।
३ मिनेट १९ सेकेन्डको यस ट्रेलरमा रामायणसँग सम्बन्धित अन्य पात्रहरूलाई ट्रेलरमा देखाउने प्रयास गरिएको छ । ट्रेलर हेर्दा निर्देशक ओम राउतले विवादलाई मध्यनजर गर्दै फिल्ममा धेरै ठूला परिवर्तन गरेका छन् भन्ने अनुमान गर्न सकिन्छ । साथै, ख्ँह् लाई पहिले भन्दा राम्रो बनाउने प्रयास गरिएको छ।
फ्यानहरू लामो समयदेखि यो बहुप्रतिक्षित फिल्मको प्रतिक्षामा छन् । यस्तो अवस्थामा फिल्मको ट्रेलरलाई लिएर जनताको सकारात्मक प्रतिक्रिया देखिएको छ ।
गत वर्ष, निर्माताहरूले दशैको अवसरमा अयोध्यामा आदिपुरुषको ग्रान्ड टिजर सार्वजनिक गरेका थिए, जसलाई दर्शकबाट निकै नराम्रो प्रतिक्रिया मिलेको थियो। यति मात्र होइन, पात्रको नराम्रो लुक र भिएफएक्सका कारण फिल्म जोक्सको बट बनेको छ । साथै, फिल्ममा धार्मिक भावनामा चोट पु¥याएको आरोप लगाइएको थियो र प्रतिबन्ध लगाउन माग गरिएको थियो। तर, यस ट्रेलरमा ती सबै विवादित दृश्यहरू निर्माताले हटाएका छन् ।