काठमाडौं, २७ वैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाँडका स्वकिय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगीको आरोपमा केसीलाई जडिबुटीबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
पूर्वगृहमन्त्री खाँणलाई प्रहरीले आज बुधवार विहानै मैजुवहालस्थित निवासबाट बयानका लागि लगेको हो ।
खाँडलाई बयानका लागि काठमाडौं परिसरमा लगिएको पुष्टि भएको छ । उनलाई बयानका लागि डाकिएको हो या पक्राउ नै गरिएको हो स्पष्ट भएको छैन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँड र उनकी पत्नी मञ्जु खाँड मुछिएका छन् । उनी गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थीको सूची तयार भएको आरोप छ । उनीसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ ।