काठमाडौं, २७ वैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाँड प्रहरीको नियन्त्रणमा परेका छन् । उनलाई प्रहरीले आज बुधवार विहानै मैजुवहालस्थित निवासबाट बयानका लागि लगेको हो ।
खाँडलाई बयानका लागि काठमाडौं परिसरमा लगिएको पुष्टि भएका छ । उनलाई बयानका लागि डाकिएको हो या पक्राउ नै गरिएको हो स्पष्ट भएको छैन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँड र उनकी पत्नी मञ्जु खाँड मुछिएका छन् । उनी गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थीको सूची तयार भएको आरोप छ ।